नेशनल लाइफ इन्स्योरेन्सको ब्रान्च मेनेजर कन्फ्रेन्स सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको ब्रान्च मेनेजर कन्फ्रेन्स सम्पन्न

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । इण्टिलेक्चुअल ग्रोथ नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ दिने ‘ब्रान्च मेनेजर कन्फ्रेन्स’ नगरकोटमा सम्पन्न गरेको छ। 

कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरिएको थियो। यसैगरी चालु आ.व.को बाँकी अवधिको व्यवसायिक खाका कोर्ने उद्देश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन गरिएको थियो।

विभागीय प्रमुख तथा देशैभरीबाट शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढीको सहभागिता रहेको उक्त सम्मेलनको समुद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको स्थितिमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासिल गरी बीमा बजारमा अग्र स्थानमा पु¥याउन हामी सबैले आ– आफ्नो जिम्मेवारी वहन गर्दै अधिकतम प्रयास गर्नु पर्ने सुझाव दिए। 

यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले बीमा ऐन २०७९ ले  व्यवस्था गरेका विषयहरूमा प्रस्तुति दिँदै नयाँ बीमा ऐन २०७९ जारी भएपछि प्राधिकरणले बीमासँग सम्बन्धित हरेक विषयलाई कानुनी रुपमा नै नियमन गर्न सक्ने फराकिलो दायरा तय भएको बारेमा विस्तृत जानकारी गराएका थिए।

Recent Comments

No comments to show.