रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक ११ बजे बस्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहको सट्टा भौतिक पुर्वाधार मन्त्रालय लिन नयाँ सन्देश पठाएपछि रास्वपाको शनिबार राति बसेको बैठक निष्कर्षहिन बनेको हो ।

प्रधानमन्त्रीको नयाँ सन्देशसँग रास्वपाले आजको बैठकबाट नयाँ निर्णय लिनेछ। रास्वपाका सांसद सन्तोष परियारका अनुसार बैठक आइतबार बिहान साढे ११ बजे पार्टी कार्यालयमा बस्नेछ ।

बैठकले सहकारमा सहभागीता, मन्त्रालयको दाबी र सत्ता गठबन्धनको सहयात्राका विषयमा छलफल गर्ने उनको भनाइ छ ।

Recent Comments

No comments to show.