काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले राष्ट्रपतिमा आफू योग्य उम्मेदवार भएको दाबी गरेकी छिन् ।
प्रमुख दलहरु राष्ट्रपतिको निर्वाचनको लागि केन्द्रित भएर छलफल गरिरहेका पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफू योग्य उम्मेदवार भएकोले सहयोग गर्न आग्रह गरेकी हुन् ।
सत्ता गठबन्धनमा राष्ट्रपति एमालेको भागमा परेको छ। पार्टी सभापति देउवा, एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालसँग फेरि पनि छुट्टाछुट्टै भेटेरै राष्ट्रपतिमा आफ्नो दाबी पेश गर्ने तयारी गरेकी छिन् ।
आफ्ना पिता गिरिजाप्रसाद कोइरालाले गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेलेको कारणपनि राष्ट्रपतिमा आफ्नो दाबी स्वभाविक हुने उनको जिकिर छ ।
प्रतिक्रिया