फ्राइडे रिलिज: हलहरुमा ‘ह्यारी कि प्यारी’

फ्राइडे रिलिज: हलहरुमा ‘ह्यारी कि प्यारी’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । डा भोला रिजालको प्रोडक्सन कम्पनी बीआर प्रोडक्सनले २० वर्षपछि निर्माण गरेको चलचित्र ‘ह्यारी कि प्यारी’ आज (शुक्रबार)देखि प्रदर्शनमा आएको छ। 

फ्राइडे रिलिजअन्तर्गत चलचित्र ‘अल नेपाल’ प्रदर्शनमा आएको हो। डा कपिल रिजालले निर्देशन गरेको चलचित्रमा जितु नेपाल र शाम्राज्ञी शाह मूख्य भूमिकामा छन्। यस्तै, विजय बराल, लक्ष्मी गिरी लगायत कलाकारको पनि अभिनय छ। 

हास्य कलाकारका रुपमा स्थापित जितुको लिड रोल रहेको पहिलो चलचित्र पनि ‘ह्यारी कि प्यारी’ नै हो। 

चलचित्रमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजालको लगानी छ। निर्देशक कपिल रिजाल भोला रिजालका छोरा हुन्। 

पेसाले दन्त चिकित्सक कपिल रिजाल यसअघि पनि चलचित्र निर्माणमा सक्रिय थिए। बेलायतको लन्डनमा बस्दै आएका रिजालका सर्ट फिल्महरू ‘कर्मा: लाइफ इज ए बुमर्‍याङ’, ‘यु गेट ह्वाट यु गिभ’हरू युट्युबमा पनि हेर्न सकिन्छ। 

Recent Comments

No comments to show.