कालिन्चोक दर्शन लिमिटेडको आइपिओ आज बाँडफाँड हुँदै

कालिन्चोक दर्शन लिमिटेडको आइपिओ आज बाँडफाँड हुँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडको आइपीओ आज बिहिवार (माघ १९ गते) बाँडफाँट हुँदैछ । 

 बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार बिहिवार विहान ९:३० बजे आफ्नै कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा बाँडफाँटको तयारी गरिएको छ ।

कालिन्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो ।

कम्पनीले सर्बसाधारणलाई ८ लाख ९६ हजार ४ सय कित्ता सर्बसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले १ लाख २० हजार कित्ता आयोजना प्रभावितलाई निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

त्यस्तै श्रम स्वीकृति लिई विदेशीमा कार्यरत नेपाली श्रमिकलाई १ लाख ८ हजार कित्ता निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले ५४ हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरेको छ। 

कालिन्चोक दर्शन लिमिटेडले दोलखाको सदरमुकाम चरिकोटवाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा केवलकार संचालन् गरिरहेको छ  ।

Recent Comments

No comments to show.