काठमाडौं । उच्च अदालत पाटनले हात्तिसार क्षेत्रमा पर्ने टुकुचा उत्खनन गर्न डोजर चलाउने काठमाडौं महानगरको अभियान रोक्न अन्तरिम आदेश दिएको छ।
न्यायाधीशहरु महेश पौडेल र राज्यलक्ष्मी बज्राचार्यको इजलासले उक्त आदेश दिएको हो।
हात्तिसार क्षेत्रका २१ घरधनीले जग्गामा डोजर चलाउन लागेको भन्दै रिट दायर गरेका थिए ।
यसअघि पुरातत्व विभागले पनि १३० वर्ष पुरानो टुकुचाको सुरुङ उत्खनन् गर्न नमिल्ने बताएको थियो। राणाकालमा बनेको उक्त सुरुङ पुरातात्विक महत्वको भएको विभागले ठहर गरेको थियो।
प्रतिक्रिया