काठमाडौं । काठमाडौंको बौद्ध फूलबारीमा आगलागी भएको छ।
गएराति सवा ९ बजे काठमाडौं महानगर ६ मा रहेको सोनाम शेर्पाको दुई तले जस्ताको टहरामा आगलागी भएको हो।
आगो एक घण्टापछि निभ्याइएको थियो। आगलागीबाट टहरा पूरै जलेको बौद्ध प्रहरीले जनाएको छ। विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ। क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया