राष्ट्रिय वाणिज्य बैङको अर्ध वार्षिक समिक्षा गोष्ठी सम्पन्न

राष्ट्रिय वाणिज्य बैङको अर्ध वार्षिक समिक्षा गोष्ठी सम्पन्न

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धुलिखेल । राष्ट्रिय वाणिज्य बैङ लिमिटेडको आ व २०७९/८० अर्ध वार्षिक प्रगति विवरण्को दुई दिवशिय समिक्ष गोष्ठी सम्पन्न भएको छ । 

धुलिखेल स्थित हिमाल दृश्य रिसोटमा सम्पन्न उक्त गोक्ष्ठीको समुद्घाटन समारोह बैङका नायव प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले गोष्ठीको उद्येश्य एव्म मन्तव्य राखेकी थिइन भने बैङका प्रमुख कार्यकारी निर्देशक किरण कुमार श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी गोष्ठीको समुद्घाटन गरेका थिए । 

त्यस्तै, दुई दिवशिय समिक्ष गोष्ठी कार्यक्रमको संचालन ब्रान्च अपरेशन बिभागका बिभागिय प्रमुख आनन्द सुवेदीले गरेका थिए । 

बैङका सातवटै प्रादेशिक कार्यालयका कार्यालय प्रम्ख,२३ वटा बिभागका बिभागीय प्रमुखहरु,बैङका उप कार्यकारी अधिकृतहरु एवम  नायव प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको उक्त गोष्ठीमा समुद्घाटन मन्तव्य ब्यक्त गदै बैङका प्रमुख कार्यकारी अधिकृतले गत श्रावण महिनामा सम्पन्न भएको लक्ष्य प्रगति तथा बजेट कार्यान्वयन रण्नितिक गोष्ठीमा निर्धारण गरिएका अभिकांश सुचकहरु सन्तोषजनक रुपमा पुरा भएको बताए ।  उनले बैङको मुख्य जिम्मेवारीमा रहेका बिभागीय प्रमुख तथा प्रादेशिक प्रमुखहरुले बजारमा कर्जा लगानी र निक्षेपमा संकलन जस्तो महत्वपुर्ण कार्यमा आफुलाइ पुर्ण रुपमा सर्मपित गरी बजारमा देखिएको प्रतिस्पर्धामा आफुहरुलाइ खरो रुपमा उत्रनको लागि बिशेक्ष् निर्देशन दिए । 

कार्यक्रमा सहभागी प्रादेशिक प्रमुखहरु र बिभागीय प्रमुखहरुले आ आफनो कार्यलयहरुको प्रस्तुतिकरण गरेका थिए । उक्त प्रस्तुतिकरणमा बैङका प्रमुख कार्यकारी अधिकृत नायव प्रमुख कार्यकारी र उप कार्यकारी अधिकृतहरुले जिज्ञासा एव्म सुझाव राखेका राखेका थिए । 

गोष्ठीको अन्त्यमा बैङका प्रमुख कार्यकारी अधिकृत,नायव प्रमुख कार्यकारी र उप कार्यकारी अधिकृतहरुले आगामी दिनहरुमा आफुहरुले खेल्नुपर्ने भुमिको बारेमा मन्तव्य राखेका थिए । 

 

Recent Comments

No comments to show.