त्रिभुवन विमानस्थलबाट एक वर्षमा ८० लाखले गरे यात्रा

त्रिभुवन विमानस्थलबाट एक वर्षमा ८० लाखले गरे यात्रा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुको संख्या करिब ६० प्रतिशतले बढेको छ ।

नेपालको सबैभदा पुरानो अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट एक वर्षमा ७९ लाख ५४ हजार ४८० यात्रु आवतजावत गरेका छन् । गत वर्ष २०२२ मा हवाई यात्रा गर्ने आन्तरिक र अन्तर्राष्ट्रिय यात्रुहरूको संख्या हालसम्मकै धेरै हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलबाट ३४ लाख ८८ हजार ३२८ जना यात्रुले अन्तर्राष्ट्रिय यात्रा गरेका थिए । आन्तरिकतर्फ ४४ लाख ६६ हजार १५२ जना यात्रुले उडान सेवा लिएका छन् ।

सन् २०२१ मा आन्तरिकमा ३५ लाख ७६ हजार ८८३ जना यात्रुले यस विमानस्थलबाट सेवा लिएका थिए । यसमा आगमन र प्रस्थान दुवैको तथ्यांक जोडिएको छ ।

कार्यालयका अनुसार सन् २०२१ मा अन्तर्राष्ट्रिय उडानका यात्रु संख्या १४ लाख ५६ हजार ९२९ जना रहेको थियो । तथ्यांक अनुसार सन् २०२२ मा अन्तर्राष्ट्रिय तर्फे त्रिभुवन विमानस्थलमा १५ लाख ५६ हजार ८११ जना यात्रुको आगमन भएको छ ।

१९ लाख ३१ हजार ५१७ जना यात्रु प्रस्थान गरेका छन् । यहाँ एक वर्षमा २४ हजार ३१२ वटा उडान–अवतरण भएको आंकडा छ । १२ हजार १५८ पटक जहाजहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् भने १२ हजार १५४ पटक जहाजहरु यहाँबाट उडेका छन्।

Recent Comments

No comments to show.