सिभिल बैंक प्राप्ति गर्न हिमालयनले पायो अन्तिम स्वीकृति,एकीकृत कारोबारको बाटो खुल्यो

सिभिल बैंक प्राप्ति गर्न हिमालयनले पायो अन्तिम स्वीकृति,एकीकृत कारोबारको बाटो खुल्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंक मर्जरमा जान स्वीकृति पाएका छन्। राष्ट्र बैंक सञ्चालक समितिको बैठकले यी दुवै बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको हो।

राष्ट्र बैंकको स्वीकृतिसँगै दुई बैंकबीच एकीकृत कारोबारका लागि बाटो खुलेको छ । अन्तिम स्वीकृतिको पत्र राष्ट्र बैंकबाट बुझिसकेका छैनन् ।

हिमालयनले सिभिललाई १ सय बराबर ८०.२८ सेयर मिलान अनुपात (स्वाप रेसियो) मा प्राप्ति गर्न लागेको हो । यसको अर्थ सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकको ८० कित्ता पाउने छन् ।

प्राप्ति प्रक्रिया पूरा भए पश्चात बन्ने नयाँ बैंक हिमालयन बैंककै नामबाट सञ्चालनमा आउने छ ।

मर्जरपश्चात् बन्ने बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई बनाउने सहमति भएको छ । साथै फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बन्नेछन् ।

साथै, मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सिभिल बैंकका सीईओ सुनिल पोख्रेल मर्जरपश्चात् बैंकको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् ।

सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ र शाखा सञ्जाल १ सय ८९ पुग्नेछ । यी बैंकले गत असारमा प्राप्ति प्रक्रियाका लागि समझदारी पत्र(एमओयू) हस्ताक्षर गरेका थिए ।

Recent Comments

No comments to show.