माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिन पछि सर्यो

माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिन पछि सर्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिन पछिका लागि सारिएको छ।

सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बोलाइएको पदाधिकारी बैठकमा नेताहरूको कार्य विभाजनबारे मतभेद उब्जिएपछि १७ माघका लागि सारिएको स्थायी समिति बैठक १८ माघमा बोलाउने निर्णय भएको हो।

पार्टी संगठनसम्बन्धी गृहकार्य अपुग भएकाले मंगलबार पनि पदाधिकारी बैठक बसेर आवश्यक निर्णय गरी स्थायी समिति बैठक बुधबारका लागि  सार्ने निर्णय गरिएको उपाध्यक्ष कृष्णबहादुर महराले बताए।

‘हामीले सोमबार पदाधिकारी बैठक बस्ने, आइतबार र शनिबार भएको निर्णयबारे टुंगो लगाएर मंगलबार  स्थायी समिति बैठक बस्ने कार्यतालिका बनाएका थियौं। आज छलफल चले पनि पर्याप्त नभएकाले बुधबार स्थायी कमिटी बैठक बस्ने निर्णयमा पुगेका हौं,’ प्रवक्ता महराले भने।

नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा नेताहरूको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनेको थियो। त्यसमा सहमति जुटाउन सोमबारका लागि पदाधिकारी बैठक बसे पनि सर्वसम्मत हुन सकेन। सिंह ठकुरी, सुनिता चौधरी, उशा नाथ रहेका छन् ।

Recent Comments

No comments to show.