डिफेन्डिङ च्याम्पियन लिभरपुल एफए कपबाट बाहिरियो

डिफेन्डिङ च्याम्पियन लिभरपुल एफए कपबाट बाहिरियो

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । डिफेन्डिङ च्याम्पियन लिभरपुल एफए कपबाट बाहिरिएको छ ।  चौथो चरणको खेलमा लिभरपुल ब्राइटनसँग २-१ गोल अन्तरले पराजित भएसँगै एफए कपबाट बाहिरिएको हो । ब्राइटनको जितमा लेविस डंक र कओरु मिटोमाले एक एक गोल गरेका थिए । मिटोमाले खेलको ९० मिनेटपछिको अतिरिक्त समयमा गोल गर्दै लिभरपुललाई स्तब्ध पारेका थिए । त्यस्तै लिभरपुलका लागि हार्भी एलीओटले एक गोल गरेका थिए ।

लिभरपुल एफए कपको डिफेन्डिङ च्याम्पियन थियो । जितपछि ब्राइटन एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ । गत सिजन यही समयमा लिभरपुल प्रतिष्ठित चार उपाधि प्रिमियर लिग, च्याम्पियन्स लिग, लिग कप र एफएकपको दाबेदारका रुपमा रहेको थियो। तर सिजनको अन्तमा लिभरपुल कार्वाओकप र एफए कप मात्र जित्न सफल भयो। तर यो सिजन लिभरपुलको लागि झनै निराशाजनक रहेको छ।

Recent Comments

No comments to show.