मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ खुल्यो, क-कसले भर्न पाउँछन् ?

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ खुल्यो, क-कसले भर्न पाउँछन् ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आज देखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ विक्रीमा ल्याएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र दोलखाको गौरीशंकर र बिगु गाउँपालिकाका स्थानीयका बासीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड ६० लाख रुपैयाँ बराबरको ७ लाख ६० हजार कित्ता सेयर निष्काशन गरेको हो ।

सोमध्ये अति प्रभावित क्षेत्र गौरीशंकर गाँउपालिका वडा नं. ५ र ६ का बासिन्दाका लागि ३ लाख ४ हजार कित्ता, प्रभावित क्षेत्र गौरीशंकर गाँउपालिका वडा नं. १, २, ३, ४, ७ ८ र ९ का बासिन्दाहरुमा ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र बिगु गाँउपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुमा १ लाख १४ हजार कित्ता सेयर छुट्याइएको छ ।

त्यसैगरी, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि १ करोड ५२ लाख रुपैयाँ बराबरको १ लाख ५२ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

लगानीकर्ताले कम्पनीको आइपीओमा माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा स्थानीयले मात्र ढिलोमा फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

स्थानीय बासिन्दाले आयोजना स्थलहरु, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयका साथै बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://ipoapply.prabhucapital.com/ बाट पनि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले हाल दोलखामा दुई वटा आयोजना निर्माण गरिरहेको छ । ६.४ मेगावाटको सुरी खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३४ करोड ६४ लाख १९ हजार रुपैयाँ ९प्रतिमेगावाट १९ करोड २३ लाख० रहेको छ। त्यसैगरी, ७ मेगावाटको माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब २९ करोड ५० लाख ९प्रतिमेगावाट १८ करोड ५० लाख रुपैयाँ रहेका छ।

Recent Comments

No comments to show.