काठमाडौं । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।
शनिबार राति भएको खेलमा युनाईटेडले रिडीङलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । युनाईटेडको जितमा कासिमिरोले दुई गोल गरे । खेलको ५४ औं मिनेटमा कासिमिरोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
५८ औं मिनेटमा कासिमिरोले व्यक्तिगत दोस्रो गोल गर्दा युनाईटेडको अग्रता दोब्बर बनाए ।
खेलको ६५ औं मिनेटमा एन्डी कारोलले रातो कार्ड पाएपछि रिडीङ १० खेलाडीमा समेटियो ।
६६ औं मिनेटमा फ्रेडले गोल गर्दा युनाईटेड ३–० ले अघि रह्यो । त्यसपछि खेलको ७२ औं मिनेटमा रिडीङका अमाडोउ सालिफले गोल गरेपनि युनाईटेड ३(१ ले विजयी भयो ।
प्रतिक्रिया