प्रमोद खरेलको ‘कन्सर्ट’को भीडमा २५ जनाभन्दा बढी घाइते, तीनजना गम्भीर

प्रमोद खरेलको ‘कन्सर्ट’को भीडमा २५ जनाभन्दा बढी घाइते, तीनजना गम्भीर

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन् ।

घाइतेहरू मध्ये १६ जनाको धनकुटा अस्पतालमा र अन्यको धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूमध्ये तीन जना गम्भीर छन् ।

करिब ३ हजार क्षमता रहेको स्थानमा धेरै दर्शकको भीड रहेको थियो। दुईतर्फको महोत्सवस्थलको गेट बन्द गरिएपछि बाहिर उल्लेख्य भीड बढेको थियो।

Recent Comments

No comments to show.