रेमिट्यान्स कारोबार गर्न अब न्यूनतम २५ करोड चुक्तापूँजी हुनुपर्ने (पूर्णपाठ)

रेमिट्यान्स कारोबार गर्न अब न्यूनतम २५ करोड चुक्तापूँजी हुनुपर्ने (पूर्णपाठ)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ जारी गरेको छ । ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ लाई खारेज गर्दै राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९’ जारी गरेको हो ।

नयाँ विनियमावलीअनुसार अब विनियम ४ को उपविनियम (२) बमोजिम निवेदन दिने कम्पनीले विप्रेषणको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न न्यूनतम २५ करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्नेछ। यसबाहेक अन्यको हकमा न्यूनतम १० करोड रुपैयाँ चुक्तापुँजी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।

इजाजत्रपत्रप्राप्त विप्रेषण कम्पनीहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ति गर्न योग्य हुनेछन्। तर, संस्थागत सुशासन तथा जोखिम व्यवस्थापन सम्बन्धमा दिइएका निर्देशनहरुको पालना नभएका कारण पर्न सक्ने असर तथा गाभ्दा–गाभिंदा वा प्राप्ति (एक्विजिसन पश्चात् कायम रहने सञ्चित नाफा तथा नोक्सानीको अवस्था समेतलाई मध्यनजर गरी विभागले कुनै पनि इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीलाई गाभ्न–गाभिन वा प्राप्ति (एक्विजिसन)का लागि अयोग्य मान्न सक्नेछ।

Recent Comments

No comments to show.