जनकपुरमा डिशहोम फाइवरनेटको वितरण सोरुम

जनकपुरमा डिशहोम फाइवरनेटको वितरण सोरुम

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले जनकपुरमा पनि वितरण सोरुमको शुभारम्भ गरेको छ।

सोरुम उद्घाटन डिशहोमका तर्फवाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा,एरिया सेल्स म्यानेजर सन्जिब कार्की र सेल्स अफिसर निरञ्जन कुमार शाहको उपस्थितिमा सम्पन्न भएको थियो।

विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका न्यू लक्ष्मी इन्टरप्राइज ले अब डिशहोम फाईवरनेट बिक्री र बिक्री पछिको सेवा नया सोरुम मार्फत दिनेछ। 

५५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको न्यू लक्ष्मी इन्टरप्राइज अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागि पनि यस नया सोरुमले मद्दत गर्ने जनकपुरका संचालक सुनिल महतोले जानकारी दिए।

Recent Comments

No comments to show.