गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण तीव्र गतिमा

गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण तीव्र गतिमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी तनहुँमा निर्माणाधीन मोटरेबल पुलको निर्माण तीव्र गतिमा अघि बढाइएको छ ।

तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ सो पुलले जोड्ने छ । पुलको हालसम्म ५२ प्रतिशत काम सम्पन्न भएको पुल निर्माण समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए ।

सङ्घीय सरकारको रु २४ करोडको लागतमा पुल निर्माण सुरु भएको हो । आर्थिक वर्ष ०७३/७४ मा सम्झौता गरी आव ०७९/८० असार मसान्तभित्र सम्पन्न गर्ने गरी शर्मा एन्ड कम्पनी युनाइटेड बिल्डर्स एन्ड रमण जेभीले ठेक्का सम्झौता भएको जनाइएको छ ।

हालसम्म तनहुँतर्फ तीन पाल्पामा एक र नदीको बीच भागमा एक पिल्लर निर्माण भएको छ । नदीमा बाँध बाँधेर नदीको बहावलाई परिवर्तन गरी निर्माण भइरहेको उनले बताए । पुलको लम्बाइ २१० र चौडाइ १०.५० मिटरको हुनेछ । निर्माण समितिका सचिव डानस मल्लले सो स्थानमा केही वर्षअघि झोलुङ्गे पुल निर्माण गरिएकोे जानकारी दिए ।रासस

Recent Comments

No comments to show.