एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बोलायो

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बोलायो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले यही माघ २१ र २२ गते केन्द्रीय कमिटीको बैठक काठमाडौं बोलाएको छ।

बैठकमा राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदन, समसामयिक प्रस्तावमाथि छलफल गरिने महासचिव डा वेदुराम भुसालले जानकारी दिए। पार्टीका विभिन्न तहका कमिटीले पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका र निर्माण गरेका धारणाकाबारे बैठकमा छलफल गरिनेछ। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका साथै सङ्गठनको पुनर्गठन, पार्टीको भूमिकालाई सशक्त बनाउने विषयमा बैठकमा छलफल गरिनेछ।

पार्टीद्वारा अन्तर सङ्गठन निर्देशन (असनी)– ३ जारी

पार्टी महासचिव तथा सङ्गठन विभागका प्रमुख भुसालको अध्यक्षतामा गत पुस ६ गते सम्पन्न विभागको बैठकले गरेका विभिन्न निर्णयलाई अन्तर सङ्गठन निर्देशन (असनी)– ३ मार्फत जारी गरेको छ।

उक्त  सनीले देशभरका पार्टी कमिटी, विभाग र मोर्चा सङ्गठनलाई निर्देशन गरेको छ। पार्टी तथा सङ्गठनका कमिटी अद्यावधिक गर्ने, सदस्यता नवीकरण तथा वितरण गर्ने, पार्टी कमिटी गठन हुन बाँकी रहेका पालिका तथा विशेष इलाकामा यही चैत मसान्तभित्र कमिटी गठन गर्न निदेशन जारी गरेको छ।

असनीअनुसार पार्टीका वडामा आगामी वैशाख १५ भित्र अधिवेशन गर्न तोकिएको छ। पालिकारविशेष इलाकामा वैशाख मसान्तभित्र, आगामी जेठ मसान्तभित्र सबै जिल्लामा जिल्ला अधिवेशन गर्ने, आगामी कात्तिक मसान्तभित्र सबै प्रदेशमा प्रदेश अधिवेशन गर्नुपर्नेछ।

सबै जनवर्गीय, पेसागत र सामुदायिक सङ्गठनका कमिटीलाई तत्काल सम्मेलनरअधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्न निर्देशन गरिएको असनीमा आगामी फागुन मसान्तभित्र सबै जनवर्गीय, पेसागत र सामुदायिक सङ्गठनका जिल्ला सम्मेलनरअधिवेशन गरिसक्न उल्लेख गरिएको छ।

आगामी चैत मसान्तभित्र सबै जनवर्गीय, पेशागत र सामुदायिक सङ्गठनका प्रदेश सम्मेलनरअधिवेशन गरिसक्न र आगामी जेठ मसान्तभित्र सबै जनवर्गीय, पेसागत र सामुदायिक सङ्गठनका राष्ट्रिय सम्मेलन (अधिवेशन) महाधिवेशन गरिसक्न असनीमा भनिएको छ। 

Recent Comments

No comments to show.