राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मनोनयन दर्ता हुँदै

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मनोनयन दर्ता हुँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मनोनयन दर्ता गर्दै छ। २५ माघका लागि राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान कार्यतालिका सार्वजनिक भएको थियो। सोहीअनुसार आज मनोनयन दर्ता हुन लागेको हो।

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेका रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न राष्ट्रिय सभाबाट राजीनामा दिएका थिए। उनको पद रिक्त भएपछि उपनिर्वाचनमार्फत राष्ट्रिय सभा सदस्य चयन गर्न लागिएको हो।

एमालेबाट कुमार दसौदीले मनोनयन दर्ता गर्दै छन्। नेपाली कांग्रेसले भने उम्मेदवारको टुंगो अहिलेसम्म लगाएको छैन। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरी ३०५ मतदाता छन्। प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ २१८ मतदाता छन्।

१२ माघमा उम्मेदवारबारे उजुरी दिने, १३ र १४ माघमा मनोनयनपत्र एवं उजुरीउपर जाँचबुझ तथा १६ माघमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको कार्यालयले जनाएको छ। 

प्रदेशका १०९ पालिकामध्ये कांग्रेसले ४८, एमालेले २७, माओवादी केन्द्रले २५, जसपाले तीन, जनमोर्चा र लोसपाले दुई–दुई तथा राप्रपा र जनता प्रगतिशीलले एक–एक स्थानमा जितेका छन्। यसैगरी ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादी केन्द्रले १०, राप्रपा र नागरिक उन्मुक्तिले चार–चार, जसपा, लोसपा र जनमतले तीन–तीन, तथा जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)ले एक–एक र स्वतन्त्रबाट दुई जनाले जितेका छन्।

Recent Comments

No comments to show.