देशमै केही गर्छु भन्ने अठोट बोकेका एक युवाको हृदयविदारक कथा, यस कारण मृत्यु रोज्न बाध्य भए !

देशमै केही गर्छु भन्ने अठोट बोकेका एक युवाको हृदयविदारक कथा, यस कारण मृत्यु रोज्न बाध्य भए !

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनअघिको सडकमा आत्मदाहको प्रसास गरी अहिले जीवन–मरणको दोसाँधमा रहेका प्रेमप्रसाद आचार्य सन्तोषले आफ्नो फेसबुकमा मार्मिक स्टाटस लेखेको फेला परेको छ ।

सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले देशमा गरिखाने अवस्था नभएकोले आफूले मृत्यु रोज्न खोजेको लेखेका छन् ।

विभिन्न उद्योग व्यवसायमा असफलता पाएको, ऋण लागेको, सरकारले उद्योग व्यवसायलाई सहयोग नगरेको जस्ता कारणबाट आफू विचलित भएको सबै कथा उनले फेसबुकमा लेखेका छन् ।

आफूलाई युवा उद्यमी भन्दै ३६ वर्ष पार गर्दा पनि गरिएको कुनैपनि कामबाट केही उपलब्धि हासिल नभएको भन्दै असफलताको कथा लेखेको बताएका छन् ।

इलाम सुर्याेदय नगरपालिका ११ केराबारीका गौतमले मंगलबार बानेश्वरको संसद भवन अघि आत्मदाहको प्रयास गरेका थिए । उनलाई उद्धार गरि प्रहरीले किर्तिपुर अस्पतालमा उपचारका लागि पठाएको छ ।

Recent Comments

No comments to show.