गोर्खाज फाइनान्सको नाफा साढे ३ गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

गोर्खाज फाइनान्सको नाफा साढे ३ गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गोर्खाज फाइनान्सको खुद नाफामा उछाल आएको छ । फाइनान्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा झन्डै साढे ३ गुणाले बढेको छ ।

चालु आवको पुस मसान्तसम्म बैंकले कम्पनीले ६ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४६.९७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढ्दा फाइनान्सको नाफामा उछाल आएको हो । साथै, कम्पनीले यसअघि खराब कर्जा व्यवस्थापनका लागि प्रोभिजन गरिएको रकम राइट ब्याक हुँदा नाफा बढ्न सहयोग पुगेको हो ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १८०.३१ प्रतिशत बढेर १७ करोड ३५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ३३६.८१ प्रतिशत बढेर १२ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

हाल ८६ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा ७३ अर्ब २९ करोड र रिटेन्ड अर्निङमा २ करोड ४९ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिसम्म फाइनान्सको वितरणयोग्य मुनाफा २ करोड ४९ लाख रुपैयाँ छ।

समीक्षा अवधिमा फाइनान्सले ७ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८५ करोड कर्जा लगानी गरेको छ । नाफा बढेसँगै फाइनान्सको प्रतिसेयर आम्दानी झन्डै ४ गुणाले बढेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४.४६ रुपैयाँबाट बढेर १५.४७ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा फाइनान्सको प्रतिसेयर नेटवर्थ १८९.८९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५७९.९ गुणा र खराब कर्जा ६.७६ प्रतिशत रहेको छ ।

Recent Comments

No comments to show.