कस्तो रहला आजको मौसम?

कस्तो रहला आजको मौसम?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ।

तर, साँझबाट पश्चिमी निम्नचापीय प्रणाली नेपाल प्रवेश गर्ने भएकाले वर्षाको सम्भावना छ।  सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति शुरू भएको वर्षा केही दिन रहने छ। यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी भागमा हिमपातसमेत हुने छ।

तराईमा बिहानीपख हुस्सु र कुहिरो लागेर जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

Recent Comments

No comments to show.