प्रदेशको नामकरण चाँडै टुंगिन्छ : मुख्यमन्त्री कार्की

प्रदेशको नामकरण चाँडै टुंगिन्छ : मुख्यमन्त्री कार्की

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । प्रदेश–१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाँडै प्रदेशको नामकरण टुंगिने बताएका छन्। उनले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर भए पनि टुंग्याइने बताए।

आइतबार झापाको दमकमा सोनाम ल्होछार कार्यक्रममा मुख्यमन्त्री कार्कीले सबै प्रदेशको नामकरण सम्पन्न भए पनि प्रदेश १ को नामकरण नटुंगिएको उल्लेख गर्दै सबै दलसँग छलफल गरी नामकरण गरिने बताए।

उनले प्रदेश संरचनाका विषयमा हुने टिप्पणीप्रति सजग रहेको उल्लेख गर्दै भने, “हामीले प्रदेशको औचित्य पुष्टि गर्ने छौँ, जनतालाई प्रत्याभूत हुने किसिमबाट काम अघि बढाउने छौँ।” उनका अनुसार प्रदेश सरकारले खर्च घटाउन मन्त्रालयको संख्या १३ बाट घटाएर नौ पुर्‍याइएको हो।

मुख्यमन्त्री कार्की थप अधिकार प्रत्यायोजन भएर नआएसम्म मन्त्रालयको संख्या नबढ्ने उल्लेख गरे। उनले प्रदेशमा भएका सबै जातिको मौलिकता संरक्षणका लागि प्रदेशस्तरीय संग्रहालय निर्माण गर्ने सोचमा रहेको बताए।

Recent Comments

No comments to show.