नवनिर्वाचित सभामुख घिमिरेले लिए पद तथा गोपनीयताको शपथ

नवनिर्वाचित सभामुख घिमिरेले लिए पद तथा गोपनीयताको शपथ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिएका छन्।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच घिमिरेले सभामुख पदको सपथग्रहण गरेका हुन् ।

सपथपग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्वबाहक प्रधानन्यायाधीक हरिकृष्ण कार्कीलगायतको उपस्थिति थियो ।

सत्ता सझेदारको तर्फबाट उम्मेदवार बनेका घिमिरे सभामुखमा बहुमतका साथ बिहीवार निर्वाचित भएका थिए।

घिमिरे १६७ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका हुन्। विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाइन्। प्रस्तावको मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो।

Recent Comments

No comments to show.