निफ्राको नाफामा उछाल, ७३ प्रतिशतले बढ्यो खुद मुनाफा

निफ्राको नाफामा उछाल, ७३ प्रतिशतले बढ्यो खुद मुनाफा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को खुद नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७३.०९ प्रतिशतले बढेको छ ।

चालु आवको पुस मसान्तसम्म बैंकले ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२ करोड बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी, सञ्चालन नाफा, फी तथा कमिशन बढेसँगै बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६०.८८ प्रतिशत बढेर १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ७३.०९ प्रतिशत बढेर १ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

हाल २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोषमा १ अर्ब ६६ करोड संचित छ । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६० करोड ४१ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकले ५७ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८२ करोड कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको निक्षेप ७१.१२ प्रतिशत र कर्जा १४३.६३ प्रतिशतले बढेको हो ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा सुधार आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २.६६ रुपैयाँ बढेर ७.०९ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १०७.७३ रुपैयाँ छ ।

Recent Comments

No comments to show.