एक दिनमा कति ओखर खानुपर्छ ? ओखर खाने उत्तम तरिका जान्नुहोस्

एक दिनमा कति ओखर खानुपर्छ ? ओखर खाने उत्तम तरिका जान्नुहोस्

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  जाडोमा धेरै सुख्खा फलफूलको सेवनले तपाईको रोग प्रतिरोधी क्षमता मात्र बलियो बनाउँदैन, यसले तपाईको पाचन प्रणालीलाई पनि ठिक राख्छ । तर धेरै पटक यस्तो हुन्छ कि मानिसहरु ओखर खाने सही तरिकालाई लिएर भ्रममा हुन्छन्। आउनुहोस्, जान्नुहोस् एक दिनमा कति र कसरी अखरोट खानुपर्छ ।

ओखरमा पोषक तत्त्व 

एक कप ओखर अर्थात ३० ग्राममा ३.८९ ग्राम कार्बोहाइड्रेट, १ ग्राम चिनी, २ ग्राम फाइबर, ०.७२ मिलिग्राम फलाम, ५ ग्राम प्रोटिन र २० ग्राम बोसो हुन्छ। यसमा फस्फोरस, भिटामिन बी६, म्याग्नेसियम, तामा, मोनोअनस्याचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याटलगायत भिटामिन र खनिजको राम्रो मात्रा हुन्छ।

मोनोअनस्याचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याटको कारण ओखरलाई मुटुका लागि राम्रो मानिन्छ।

यी फाइदाहरूका लागि भिजाएर खानुहोस् ओखर

मधुमेहका रोगीहरूका लागि फाइदाजनक हुन्छ ।

कब्जियत हटाउन र पाचनमा मद्दत गर्छ ।

ओखरले हड्डी बलियो बनाउँछ।

ओखरले मुटुलाई स्वस्थ राख्छ ।

क्यान्सरको जोखिम कम गर्छ ।

ओखरले रोग प्रतिरोधी क्षमता बढाउँछ ।

तनाव कम गर्न मद्दत गर्छ।

तौल घटाउन मद्दत गर्छ ।

एक दिनमा कति ओखर खाने ? 

एक दिनमा १–२ ओखर खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यदि तपाईको रोग प्रतिरोधात्मक क्षमता वा पाचन शक्ति कमजोर छ भने तपाईले दिनमा एउटा मात्र ओखर खानुपर्छ । 

ओखर खाने सबैभन्दा राम्रो तरिका भनेको एक ओखरलाई रातभर भिजाएर छोड्नु हो। स्वास्थ्य विज्ञहरूका अनुसार भिजेको अखरोट र अन्य नटले शरीरमा कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्छ । 

गर्भवती महिलाले पनि ओखर भिजाएर खानुपर्छ । बिहान ओखर खानाले थकान हट्छ र शरीरमा रक्तचापको स्तर नियन्त्रण हुन्छ।

Recent Comments

No comments to show.