‘भष्मे डन’मा स्वस्तिमा खड्का अनुबन्धित

‘भष्मे डन’मा स्वस्तिमा खड्का अनुबन्धित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्देशक दीपेन्द के खनालको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘भष्मे डन’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन्। आइतबार निर्माण टिम र अभिनेत्री खड्काबीच लिखित सम्झौत भएको छ।

फिल्मलाई दीपेन्द्र र खगेन्द्र लामिछानेले मिलेर निर्माण गर्दैछन्। यो फिल्ममा स्वस्तिमा बिपिन कार्की अर्थात ‘भष्मे डन’को अपोजिटमा प्रस्तुत हुनेछिन्। स्वस्तिमा र विपिनका साथमा सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे लगायतका कलाकार पनि फिल्ममा देखिनेछन्। 

‘पशुपति प्रसाद’को चर्चित पात्र ‘भष्मे डन’माथि ‘स्पिनअफ’ निर्माण हुन लागेको हो। ‘पशुपति प्रसाद’मा पशुपतिको चरित्र निभाएका खगेन्द्र भने सिनेमाको पर्दामा देखिने छैनन्। ‘पशुपति प्रसाद’मा पशुपति मरेपछि सिनेमा सकिएको थियो। ‘पशुपति प्रसाद’मा विपीनले गरेको क्यारेक्टर ‘भष्मे डन’ लोकप्रिय भएको थियो।

सिनेमाको कथा खगेन्द्र लामिछानेले लेखेका छन्।

आगामी फागुन १२ गतेदेखि पशुपतिनाथ मन्दिर वरपर सिनेमाको छायांकन हुनेछ। ‘पशुपति प्रसाद’पछि दीपेन्द्र र खगेन्द्रले सहकार्य गर्न लागेका हुन्। आगामी दशैंमा फिल्म रिलिज गर्ने योजना छ।

Recent Comments

No comments to show.