काठमाडौं । दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमबार (आज)का लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ ।
आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी र्दि ।
कुल ६८ यात्रु र चार चालक दलका सदस्य रहेको यती एयरलाइन्सको ९ एन–एएनसी एटीआर–७२ जहाज पोखरामा अवतरण गर्ने क्रममा सेती नदी किनारमा दुर्घटनामा परेको थियो ।
प्रतिक्रिया