देउवा-प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता, विश्वासको मत दिने देउवाको संकेत

देउवा-प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता, विश्वासको मत दिने देउवाको संकेत

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

प्रचण्ड १८ महिनासम्मको सहयात्रापछि छुटेका देउवाको समर्थन लिन धुम्बाराही पुगेका देउवा-प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता भएको छ ।

देउवा निवास पुगेका प्रचण्डले गठबन्धन टुटे पनि आफूले कांग्रेससँगको गठबन्धनबाट जितेको नभुलेको भन्दै विश्वासको मत दिन आग्रह गरेका थिए ।

देउवाले भोलि संसदीय दलको बैठक बसेर निर्णय गर्ने आश्वासन प्रचण्डलाई दिएका छन् । प्रचण्डलाई अहिले १६९ सांसदको समर्थन छ।  मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत लिँदैछन् ।

नेपाली कांग्रेसभित्र प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर जानुपर्ने आवाज उठिरहेका बेला सोमबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसको संकेत गरेका थिए।

Recent Comments

No comments to show.