दरबारमार्गको सडक एक छेउमा गरिदै आएको पार्किङ हट्यो, अब घरधनीले ठाउँ दिनुपर्ने

दरबारमार्गको सडक एक छेउमा गरिदै आएको पार्किङ हट्यो, अब घरधनीले ठाउँ दिनुपर्ने

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गको एक लाइन पार्किङ हटाएको छ। काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरी कार्यालय काठमाडौंको समन्वयमा
पैसा लिएर सडकको एक छेउमा गरिदै आएको पार्किङ मंगलबारबाट पूर्ण रुपमा खाली
गराएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

उक्त क्षेत्रमा एक लाइन पार्किङ हुँदै आएको थियो। अब सम्बन्धित व्यवसायी वा घरधनीले सवारीसाधान पार्किङको लागि ठाउँ दिनुपर्ने छ।

महानगरको टोलीले दरबारमार्गमा हरेक ३०–५० मिटरको दूरीमा ‘नो पार्किङ’ को
बोर्ड राखेको छ । पार्किङ सुविधा हटाइएपछि अब यस क्षेत्रका व्यवसायी र
उपभोक्तालाई समेत सवारी पार्किङमा झन्झट हुने देखिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले घरधनीहरुले नक्सा पास
गराउदा अन्डरग्राउण्ड पार्किङको सुविधा दिने भनेर छुट लिए पनि अन्य
प्रयोजनमा लगाएको भन्दै केहि समय खालीसमेत गराउदै आएका थिए। 

जुन प्रयोजनका लागि सुविधा लिइएको छ,त्यहि अनुसारको काम हुनुपर्छ भन्दै महानगरले पछिल्लो समय आक्रमक रुपमा सडक खाली गराउदै आएको छ।

यसअघि महानगरले बानेश्वर, बागबजार क्षेत्रमा पनि सडकमा पार्किङ गर्न रोक लगाइसकेको छ ।

Recent Comments

No comments to show.