एनआइसी एशिया बन्यो सबैभन्दा महँगो शेयर मूल्य हुने बैंक

एनआइसी एशिया बन्यो सबैभन्दा महँगो शेयर मूल्य हुने बैंक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआइसी एशिया बैंक नेपाली शेयर बजारमा सबैभन्दा महँगो शेयर मूल्य हुने वाणिज्य बैंक बनेको छ ।

नबिल बैंकलाई उछिन्दै एनआइसी सबैभन्दा धेरै शेयर मूल्य हुने बैंक बनेको हो । सोमवारको कारोबारसम्म नबिल बैंकको शेयर मूल्य प्रतिकित्ता ७३९ रुपैयाँ रहेको छ भने एनआइसीको २६ रुपैयाँ बढी अर्थात् ७६५ रुपैयाँ रहेको छ ।

यो नेप्सेमा सूचीकृत २५ वटा वाणिज्य बैंक मध्ये सबैभन्दा धेरै हो । नबिलले गत वर्षको नाफाबाट घोषणा गरेको १८.५ प्रतिशत बोनस शेयरका आधारमा मूल्य समायोजन भएपछि सेयर मूल्यका आधारमा एनआइसीभन्दा पछि परेको हो ।

Recent Comments

No comments to show.