पर्यटक सुरक्षा तथा प्रवद्धनमा नागरिकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

पर्यटक सुरक्षा तथा प्रवद्धनमा नागरिकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । म्याग्दीको घोडेपानीमा  ‘पर्यटन व्यवसायी र स्थानीय नागरिकको पर्यटन प्रवर्द्धन तथा सुरक्षा प्रवद्र्धनमा भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पर्यटन व्यवसायी र स्थानीय नागरिकको सहभागिता रहेको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गदै प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले पर्यटकमाथि हने आपराधिक क्रियाकलाप तथा चोरी डकैती नियन्त्रणका लागि देशका विभिन्न ठाँउहरुमा पर्यटक प्रहरी खटाइएको बताए। उनले पर्यटक माथि हुने आपराधिक क्रियाकलाप र अनावश्यक दुःख कस्ट नियन्त्रण हदाँ पर्यटक आगमनमा बृद्धि भइ प्रदेश तथा स्थानीय सरकारले मनग्य आम्दानी समेत गर्न सक्ने बताए ।  

अन्तरक्रिया कार्यक्रममा पर्यटन व्यवसायीहरुले म्याग्दीको घोडेपानी आन्तरिक तथा वाह्य पर्यटक भित्रिने क्रममा वृद्धि भए पनि सडक यातायात र खाने बस्ने पूर्वाधारको विकास भने सचे अनुसारको नभएको बताए । 

Recent Comments

No comments to show.