सिटिजन्स बैंकका कार्डबाहकलाई फ्रन्टलाइन हस्पिटलमा विशेष छुट

सिटिजन्स बैंकका कार्डबाहकलाई फ्रन्टलाइन हस्पिटलमा विशेष छुट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारी भएको छ।

समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवामा १३% सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। 

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरु सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

सिटिजन्स बैंकले भारतको दिल्लीस्थित मेदान्त हस्पिटललगायत मुलुकका करिब २५ अस्पतालस‘+ग छुट सहकार्यको सम्झौता गरेको छ। हाल बैंकमा करिब १५ लाख ग्राहकले सेवा लिइरहेका छन्। सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८० वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १३३ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

Recent Comments

No comments to show.