एशियन लाइफको ‘भविष्य निधि (सावधिक)’ जीवन बीमा योजना सार्वजनिक, यस्ता छन् सुविधा

एशियन लाइफको ‘भविष्य निधि (सावधिक)’ जीवन बीमा योजना सार्वजनिक, यस्ता छन् सुविधा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणको आवश्यकताअनुसार नवीनतम जीवन बीमा योजना ल्याउने क्रममा ‘भविष्य निधि (सावधिक)’ जीवन बीमा योजना प्रचलनमा ल्याएको छ।

कम्पनीका सञ्चालक समिति अध्यक्ष दीपककुमार श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु सुरेन्द्र गोयल, निष्ठा प्रधानाङ, सजल मास्के, अच्युतराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ र कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारीराज हुमागाईं, डेप्युटी मार्केटिङ हेड विजय पराजुलीले आइतबार कम्पनीको प्रधान कार्यालयमा संयुक्त रुपमा नयाँ जीवन बीमा योजना सार्वजनिक गरेका थिए।

 यस योजनामा बीमितले रु. १ लाखदेखि आय स्रोतका आधारमा जतिसुकै रकमको बीमांक रोज्न सक्ने सुविधा छ। पाँचदेखि ३० वर्षे अवधिसम्मका लागि बीमा गर्न सकिने र बीमा अवधिको समाप्तीपछि बीमांक रकम र बोनस एकमुष्ठ भुक्तानी गरिनेछ। यो बीमा योजनामा जोखिम बहनको गोल्डेन अप्सन रोजेको अवस्थामा बीमा प्रारम्भ भएको मितिबाट ३ वर्षपछि बीमितको निधन भएमा बीमांकको डेढ गुणा रकम र नियमानुसारको बोनस भुक्तानी गरिने कम्पनीले जनाएको छ।

त्यसैगरी डायमन्ड अप्सन रोजेको अवस्थामा बीमा अवधि प्रारम्भ भएको मितिबाट ३ वर्षपछि बीमितको निधन भएमा बीमांकको डेढ गुणा रकम र पाँच वर्षपछि निधन भएमा दुई गुणा रकम र नियमानुसारको बोनस रकम एकमुष्ठ भुक्तानी गरिनेछ।

यसबाहेक अग्रिम जोखिम बहन सुविधा रोजेको अवस्थामा गोल्डेन र डायमन्ड अप्सन दुवैमा बीमा प्रारम्भ मितिबाट नै जोखिम बहन सुरु हुनेछ। बीमितले गोल्डेन वा डायमन्ड अप्सनको साथै दुर्घटना मृत्यु लाभ, स्थायी अपांगता सुविधा, बीमाशुल्क छुट सुविधाका साथै १८ प्रकारका घातक रोगविरुद्धको रक्षावरण(क्रिटिकल केयर)समेत समावेश गर्न सक्ने सुविधा छ।

यसबाहेक तोकिएको अवधि पूरा हुनुभन्दा अगाडि बीमितलाई रकम खाँचो परेको अवस्थामा तीन वर्षको बीमाशुल्क भुक्तानी गरी बीमा प्रारम्भ भएको मितिबाट ३ वर्ष परा भएपछि बीमालेखको धितोमा कर्जा सुविधासमेत लिन सकिने कम्पनीले जनाएको छ।

Recent Comments

No comments to show.