दाङ । नेकपा ९एमाले० लुम्बिनी संसदीय दलको बैठकले दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज लिला गिरीलाई सर्वसम्मत चयन गरेको छ ।
चेतनारायण आचार्यलाई उपनेता चयन गरिएको छ । प्रदेशसभा सदस्यहरूको शपथ ग्रहणपछि देउखुरीमा बसेको बैठकले दुवैलाई सर्वसम्मत चयन गरेको हो । गिरी रूपन्देही–२ ९१० बाट र आचार्य अर्घाखाँची–१ ९२० बाट निर्वाचित सदस्य हुन । उनिहरु दुवै पूर्वमन्त्री हुन ।
सभामुख र मुख्यमन्त्री एक हप्ताभित्र सहमतिमा टुङ्गो लाग्नेसमेत एमाले महासचिव शङ्कर पोखरेले जानकारी दिए । लुम्बिनीमा प्रत्यक्षतर्फ ५२ र समानुपातिक ३५ गरेर ८७ सदस्य प्रदेशसभा रहेको छ ।
एमाले २९ सदस्यसहित सबैभन्दा ठूलो दल छ । नेपाली कांग्रेस २७, नेकपा ९माओवादी केन्द्र० नौ, राप्रपा चार, नागरिक उन्मुक्ति पार्टी चार, जनमत पार्टी तीन, जनता समाजवादी तीन, लोकतान्त्रिक समाजवादी तीन, राष्ट्रिय जनमोर्चा एक, नेकपा ९एकीकृत समाजवादी० एक र स्वतन्त्र तीन प्रदेशसभा सदस्य छन् ।
प्रतिक्रिया