रणनीति मिलाउन नसक्दा सरकार गुमाउनु पर्याे : डा. काेइराला

रणनीति मिलाउन नसक्दा सरकार गुमाउनु पर्याे : डा. काेइराला

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन्।

शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भयो।’

पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने उgको भनाइ थियो। गठबन्धनबाट देउवालाई प्रधानमन्त्री बनाउने महत्वपूर्ण भूमिका दाहालले खेलेको उनले बताए।

उनले भने, ‘ठूलो पार्टीको नाताले पहिलो पटक नै प्रधानमन्त्री बन्छु कि भन्ने सोचका कारण समस्या आयो।’

कांग्रेस प्रतिपक्षमा बस्दा विरोधका लागि विरोध मात्रै नगर्ने उल्लेख गर्दै उनले जिम्मेवारपूर्वक हिसाबले प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए। 

Recent Comments

No comments to show.