मेघा कलेज सामाजिक परियोजना अन्तर्गत ग्रामीण कार्यक्रम लमहीमा सम्पन्न

मेघा कलेज सामाजिक परियोजना अन्तर्गत ग्रामीण कार्यक्रम लमहीमा सम्पन्न

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको प्रतिष्ठित मेघा कलेजले सामाजिक परियोजना अन्तर्गत ग्रामीण कार्यक्रम दाङको लमहीमा सम्पन्न गरेको छ । सो कार्यक्रम अन्तर्गत विभिन्न क्रियाकलापहरु गरेको छ ।

बाल जनता आधारभुत विद्यालय बनगाँउका २१९ विद्यार्थीहरुको लागी जुत्ता बितरण, स्टेसनरी सामग्री प्रदान साथै बालयौन दुराचार, लागुऔसध दुर्ब्यसन, नेतृत्व विकास, सुरक्षित महिनावारी, ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिइएको छ ।

आदर्श माध्यामिक विद्यालय देउपुरमा कक्षा ९/१० मा अध्यनरत विद्यार्थीहरुलाई त्यस्तै शिर्षकमा प्रशिक्षण साथै विद्यालयलाई स्टेशनरी सामग्री प्रदान गरिएको छ ।

लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, शिक्षा अधिकृत भवानी गिरी, लगायतको टोलीसंग पनि भेटघाट गरेको छ साथै लमही नगरपालिका भित्र सामाजिक कार्य अन्तरगत के कस्ता कामहरु भैरहेका छन् भन्ने विषयमा अन्तरक्रिया पनि गरेको छ । नगरपालिका भित्रका केही थारु बस्तीहरुको अबलोकन भ्रमण, थारु संस्कृतिको बारेमा अध्ययन गरेको कलेजका सहप्राध्यापक मधुकर पाण्डे बताए ।

कोर्स पढेर मात्र सिकिदैन, सिक्न त ब्यबहारिक अभ्यास नै चाहिन्छ। कलेजले प्रत्येक वर्ष यसरी नै विद्यार्थीहरुलाई सामाजिक कार्य अन्तर्गत उपत्यका बाहिर टाढा-टाढा सम्म ग्रामिण क्याम्प लग्ने गरेको र यहि सिलसिलामा यो वर्ष दाङ जिल्लालाई छनोट गरिएको हो।

यसबाट विद्यार्थीहरु समाजलाई बुझ्ने, नयाँ ठाउँ परिवेश, संस्कृति र समाज संग परिचित र घुलमिल हुने, सामाजिक सेवामा आफुलाई प्रेरित गर्न सहयोग पुग्ने सहप्राध्यापक पाण्डेले जानकारी दिए ।

Recent Comments

No comments to show.