काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरक गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न गरेको छ । कम्पनीले पुस ९ देखि १३ गतेसम्म भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा क्याम्प सम्पन्न गरेको हो ।
स्वराज ट्रयाक्टरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज प्रदान गरेको थियो। ट्रयाक्टर धनी तथा ड्राइभरको निःशुल्क स्वास्थ्य जाँच गरेको थियो ।
सो क्याम्पमा सहभागी सबै ट्रयाक्टर धनी तथा ड्राइभरलाई उपहार स्वरूप गल्फको टी–शर्ट, कि– रिङ्ग र डटपेन प्रदान गरिएको थियो । क्याम्प नेपाल ल्युब आयल र यसको आधिकारिक ओईएम सेल्स पार्टनर राजेश ट्रेडर्स एण्ड सप्लायर्सको संयुक्त आयोजनामा भएको हो।
‘स्वराज ट्रयाक्टरका ग्राहकहरुलाई थप इन्जिन, ल्युब र समय समयमा गर्नुपर्ने सर्भिसिङको लाभ सम्बन्धमा ससुचित गर्न र गल्फ लुब्रिकेन्टलाई निरन्तरता दिन यो कार्यक्रम आयोजना गरिएको हो। सो क्याम्पमा १७० भन्दा धेरै ट्रयाक्टर धनीहरु सहभागी थिए, ग्राहकहरुको यो उत्साहले हामीलाई थप प्रेरणा मिलेको छ। सबै सहभागीहरुलाई हामी धन्यवाद ज्ञापन पनि गर्न चाहान्छौं,’ कम्पनीले भनेको छ ।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकको रोजाइमा पर्दै आएको छ ।f
प्रतिक्रिया