‘कमेडी च्याम्पियन’को तेस्रो सिजनको अडिसन पुस २७ देखि

‘कमेडी च्याम्पियन’को तेस्रो सिजनको अडिसन पुस २७ देखि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सफल र चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को तेस्रो सिजनको अडिसन अंग्रेजी नयाँ वर्षदेखि सुरु हुने भएको छ ।

जनवरी ११ देखि जनवरी ३० (पुस २७ देखि माघ १६)सम्म सहभागी हुन चाहने प्रतिस्पर्धीहरुले अडिसन दिन सक्ने सक्नेछन् ।

सहभागी हुन चाहने प्रतिस्पर्धीले पे वेल एप डाउनलोड गरेर आफ्नो भिडियो पठाउन सक्नेछन् ।

भिडियोको लम्बाई ५ मिनेटसम्मको हुने आयोजकले बताएको छ । हाँस्य क्षेत्रमा केही नयाँ गर्न चाहनेहरूका लागि यो शो सर्वाधिक सफल मानिन्छ ।

यही शोबाट देशले नयाँ–नयाँ कमेडियनहरु पाएको छ । ‘कमेडी च्याम्पियन’को पहिलो सिजन हिमेश पन्तले जितेका थिए भने दोश्रो सिजन भरतमणी पौडेलले जितेका थिए ।

Recent Comments

No comments to show.