बाख्रा पाल्ने गुमानसिँह भन्छन्- विदेशको कमाइ बर्खे भेलजस्तै हो,स्वदेशमा रोजगार सिर्जना गर्छु

बाख्रा पाल्ने गुमानसिँह भन्छन्- विदेशको कमाइ बर्खे भेलजस्तै हो,स्वदेशमा रोजगार सिर्जना गर्छु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गल्कोट । कृषि क्षेत्रबाट अधिकांश नेपाली युवाहरु विस्थापित हुँदै गएका छन् । यद्यपि केही व्यक्तिहरु भने पछिल्ला बर्षहरुमा कृषि क्षेत्रमा नयाँ सम्भावना देखेर ठूलो आशा र अपेक्षा सहित प्रवेश गर्ने क्रम पनि बढ्दो छ । समाजको लागि ती व्यक्तिहरुको भूमिका अतुलनीय छ ।

समाजमा सकारात्मक प्रयाशद्वारा सामाजिक रुपान्तरणको लागि केही पहल गर्नुपर्छ भन्ने मान्यताले हामी सञ्चार क्षेत्र मार्फत लामो समय देखि अभियानरत रहँदै आएका छौं ।

यसपटकको श्रृङ्खलामा बाग्लुङको गल्कोट नगरपालिका वडा नम्बर ५ स्थित नमुना बाख्रा फार्मको रुपमा स्थापित हुँदै गरेको जामुन बोट एग्रो फार्मको भ्रमण गरेर उक्त फार्मका व्यवस्थापक गुमान बहादुर खड्कासँग कुराकानी गरेर यो सामाग्री तयार पारेका हौं ।

गुमानसिँह खड्का अवकाश प्राप्त भारतीय सेना हुन् । उनले आफ्नो अवकाश पश्चात् कृषि क्षेत्रमा लगानी गरेर समाजमा केही योगदान पुर्याउने सोचमा छन् ।

बाग्लुङको गल्कोट–५ मा सञ्चालनमा ल्याइएको उक्त फार्ममा हाल सानाठूला गरी १ सय ३० ओटा बाख्राहरु पालन गरिएको छ । हाल सम्म करिब ३ करोड रकम लगानी भइसकेको उक्त फार्ममा हाल ५ जना व्यक्तिहरु रोजगाररत छन् ।

फार्मलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको खण्डमा ८ सय भन्दा बढी बाख्राहरु सजिलै पाल्न सकिने गरी आधुनिक शैलिमा डिजाइन गरिएको उक्त फार्म निकै व्यवस्थित र आकर्षक छ । फार्ममा आफ्नो लागि आवश्यक पर्ने आवश्यक पर्ने अधिकांश विभिन्न प्रजातिका घाँसहरु समेत खड्का आफैंले उत्पादन गर्दै आएका छन् ।

खड्का कृषि कार्य सहज नरहेको अनुभव सुनाउँछन् । हाल फार्ममा एउटा जर्सी गाई समेत पालन गर्दै आएका उनले जर्सी गाईको उक्त दूध बाख्राका साना पाठाहरुलाई खुवाउँदै आएका छन् ।

खड्काले उत्कृष्ट प्रजातिका बोयर बोका तथा हाइब्रेड बाख्राहरु पालन गर्दै आएका छन् ।

नेपालमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिने जिल्लाको परिचय बनाएको बाग्लुङका अधिकांश युवाहरु रोजगारीको लागि वैदेशिक भूमिमा छन् । कतिपय खाडि मुलुकहरुमा छन् त कतिपय विकसित मानिने जापान, कोरिया, अमेरिका लगायतमा छन् । यद्यपि स्वदेशमा नै उत्कृृष्ट व्यवसाय गरेर अन्य युवाहरुको लागि समेत नमुना बन्न सकिने मान्यताले निरन्तर अघी बढेका खड्काको प्रयाश निकै प्रशंसनीय छ ।

फार्मका आगामी योजनाः

‘ व्यवसाय बिस्तार गर्ने क्रममा अन्य ठाउँमा समेत शाखा खोल्दै जाने खड्काको योजना छ । व्यवसाय शुरुवातको एक डेढ बर्षको अन्तरमा कम्पनी नाफामा जाने अवस्था नहुने भन्दै आफूले उत्कृष्ट भविष्य देखेर नै व्यवसायलाई गति दिइरहेको उनी बताउँछन् ।’

विभिन्न डालेघाँस, पराल, नल लगायतलाई साना टुक्रा पार्ने मेसिन र एउटा गाडीको व्यवस्था गरेका खड्का कृषिलाई प्रतिष्ठित पेशाको रुपमा विकास गर्ने मान्यताले आफूहरु निरन्तर खटिँदै आएको दावी गर्छन् ।

गुमानसिंहले उक्त व्यवसाय भिनाजु चन्द्र बहादुर खत्रीसँगको सहकार्यमा सञ्चालन गर्दै आएका हुन् । हाल भिनाजु जापानमा बसेर व्यवसाय गर्दै आउनुभएको छ ।

नेपालको लागि पर्यटकीय एवं सांस्कृतिक हिसाबबाट भविष्यमा राम्रो सम्भावना गल्कोट क्षेत्रमा उद्यमशिलता जागरणमा आफूहरुको प्रयाशले सकारात्मक सन्देश जान सकोस् भन्ने आफूहरुको मान्यता रहेको खड्काले बताए ।

Recent Comments

No comments to show.