एमडीएमएसको कार्यान्वयन तत्कालका लागि स्थगित

एमडीएमएसको कार्यान्वयन तत्कालका लागि स्थगित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली अनिश्चितकालको लागि स्थगित भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछि एमडीएमएस प्रणाली अनिश्चित कालको लागि स्थगित भएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए।

‘तत्काल यो सेवा पूर्ण रूपमा सुरू नगर्न निर्देशन दिनुभएको छ। यसलाई थप व्यवस्थापन गरेर मात्रै अघि बढाउनू भन्नुभएको छ,’ उनले भने, ‘प्राधिकरणको यो निर्णयलाई कार्यान्वयन गर्न भन्सार विभागको पनि प्रत्यक्ष संलग्नता हुन्छ। त्यता पनि समन्वय गर्नुपर्ने संकेत गर्नुभएको छ।’

भन्सार विभाग र प्राधिकरणको समन्वयनको आवश्यकता भएको प्रधानमन्त्रीको भनाइ रहेको उनले बताए।

यसअघि प्राधिकरणले हिजोसम्म परीक्षणका रुपमा र आजदेखि पूर्णरुपमा एमडीएमएस लागु गर्ने तयारी गरेको थियो । भन्सार छलेर ल्याइएका मोबाइल फोन ब्लक गर्ने उद्देश्यले यो प्रणाली लागु गर्ने निर्णय गरिएको थियो ।

अहिले विदेशबाट ल्याएका फोनहरु समेत दर्ता गर्नुपर्ने र पर्यटकको हकमा अन्योलताको बिषयलाई लिएर यसको विवाद भएसँगै प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएको देखिन्छ ।

प्रधानमन्त्रीको निर्देशनपछि अब, कहिले एमडीएमएस लागु हुन्छ भन्ने निश्चित मिति तय भएको छैन्

Recent Comments

No comments to show.