समृद्ध मुलुक निर्माणमा गुरुङ समुदायकाे भूमिका प्रशंसनीय : राष्ट्रपति

समृद्ध मुलुक निर्माणमा गुरुङ समुदायकाे भूमिका प्रशंसनीय : राष्ट्रपति

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन प्रवर्द्धनमार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताएकी छन्।

तमु ल्होसार पर्व, २०७९ को अवसरमा शुभकामना दिँदै उनले नेपालको मौलिक सांस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय भएको बताएकी हुन्। 

भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्‍वास लिएको सन्देशमा उल्लेख छ।

उनले तमु ल्होसार पर्वले आपसी विश्‍वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य‚ सुसंस्कृत र समुन्नत मुलुक निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन्।

नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरु भएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने गरिन्छ। गुरुङ समुदायको बाहुल्यता रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ‚ कास्की, पर्वत लगायतका जिल्लाहरूमा यो पर्व धुमधामसँग मनाउने गरिन्छ।

तमु ल्होसारको दिन गुरुङ समुदायका महिलाहरू शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो तथा पुरुषहरू टोपी, भोटोमाथि भाङ्ग्रो‚ कछाड अनि पटुकी बाँधेर सजिन्छन्। यस अवसरमा घाटु, सोरठी‚ कौडा जस्ता परम्परागत नृत्य गर्दै रमाइलो गर्ने गर्दछन्।

Recent Comments

No comments to show.