‘एमडीएमएस’ आजदेखि कार्यान्वयन, तपाइको मोबाइल दर्ता छ कि छैन ? यसरी हेर्नुहोस्

‘एमडीएमएस’ आजदेखि कार्यान्वयन, तपाइको मोबाइल दर्ता छ कि छैन ? यसरी हेर्नुहोस्

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजदेखि प्रणाली पूर्ण रूपमा लागू गरेको छ।

अनधिकृत रूपमा आयात हुने मोबाइल फोनको वितरण तथा प्रयोगलाई निरुत्साहित गर्नका लागि एमडीएमएस प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको हो ।

यो प्रणाली लागू भएपछि वैध रूपमा आयातित मोबाइल फोनहरूको मात्रै चल्छ।

गत भदौ ३० गतेबाट नेपाल दूरसञ्चार प्राधिकरणले उक्त प्रणालीको परीक्षण सुरु गरेको थियो। तर प्राधिकरणले आजदेखि पूर्ण रुपमा कार्यान्वयन गर्ने भएको हो।

सर्वसाधारणहरूलाई आफूले बोक्ने मोबाइल फोन उक्त प्रणालीमा सूचिकृत रहे–नरहेको यकिन गर्न समेत प्राधिकरणले ताकेता गर्दै आएको थियो। 

दूरसञ्चार नियामक निकाय प्राधिकरणले शुक्रवारबाट यो प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आउने हुँदा एमडीएमएस प्रणालीमा दर्ता नभएका वा भदौ महिनाभन्दा अगाडि प्रयोगमा नरहेका मोबाइल फोनहरू उक्त प्रणालीमा अद्यावधिक गर्न आग्रह गरेको छ।

त्यसैले अब विदेशबाट फर्कदा तपाईले आफ्ना साथीभाई वा आफ्न्तलाई मोबाइल फोन वा ल्यापटप उपहार ल्याईदिँदै हुनुहुन्छ भने ती सामान विमानस्थल भन्सार कार्यालयले जफत गर्नेछ।

तपाइसँग रहेको मोबाइल एमडीएमएस प्रणालीमा दर्ता छ कि छैन ?

प्राधिकरणमा दर्ता गर्नका लागि मोबाइको आईएमईआई नम्बर आवश्यक पर्छ । https://mdms.nta.gov.np गएर दर्ता भए नभएको पत्ता लगाउन बा नभएको अवस्थामा प्राधिकरणको वेबसाइटमा गएर दर्ता गराउन सकिन्छ।

सिम कार्ड प्रयोग हुने हरेक उपकरणमा १५ अङ्कको आईएमईआई रहेको हुन्छ । जुन एक अर्कासँग मेल खाँदैन । एक किसिमले आईएमईआई नम्बर सिमकार्ड लाग्ने कुनै पनि उपकरणको परिचय हो ।

तपाईँले आफ्नो मोबाइलमा *#06# डायल गरी त्यसको आईएमईआई नम्बर पत्ता लगाउन सक्नुहुन्छ ।

नयाँ मोबाइल सेटको बक्समा आईएमईआई नम्बर दिइएको हुन्छ । अब आईएमईआई नम्बर पत्ता लगाइसकेपछि यहाँ क्लिक गर्नुहोस् र त्यसलाई भित्रको खाली बक्समा राखेर निलो रङ्गको बटनमा थिच्नुहोस् ।

यति गरेसँगै उक्त मोबाइल प्राधिकरणको एमडीएमएसमा दर्ता रहेनरहेको तथा प्रयोगमा आएनआएको जानकारी थाहा पाउन सकिन्छ।

त्यसो त प्राधिकरणले आजै दर्ता भएका मोबाइलहरुमा एसएमएस पठाउन शुरु गरेको छ । चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङरब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न प्राधिकरणले यो प्रणाली कार्यान्वयनमा ल्याएको हो।

यस्तै मोबाइल आयातकर्ता र बिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा स्वीकृति लिएर प्राधिकरणमा दर्ता भएका मोबाइल मात्रै खरिदबिक्री गर्न प्राधिकरणले सचेत गराएको छ । अब विदेशबाट किनेर वा उपहारका रुपमा आएका मोबाइलको आईएमईआई दर्ता गर्नुपर्छ ।

Recent Comments

No comments to show.