काठमाडौं । नेपाली लोक सांगीतिक क्षेत्रमा गायक बसन्त विश्वकर्माको नयाँ लोक दोहोरी गीत ‘साईली’ बजारमा आएको छ।
बसन्त विश्वकर्मा युवटुव च्यानलले सार्वजनिक गरेको गीतमा चर्चित लोक दोहोरी शान्तीश्री परियार र गायक बसन्त विश्वकर्माको स्वर रहेको छ।
गीतको शब्द तथा संगीत गायक बसन्तकै रहेको छ। गीतको म्युजिक भिडियोमा बसन्तसहित सनिसा भट्टराई, हिमांशु थापा लगायतको अभिनय रहेको छ ।
निर्देशक मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा म्युजिक भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन घर्तीमगरको सम्पादन रहेको छ ।
पुरानो मौलिक भाकालाई टपक्कै टिपेर शब्दहरु परिमार्जित गर्दै बजारमा ल्याएको गीतमा माया प्रेमको भाव झल्किएको छ ।
प्रतिक्रिया