सिद्धार्थ बैंकको २०औं वार्षिकोत्सव सम्पन्न

सिद्धार्थ बैंकको २०औं वार्षिकोत्सव सम्पन्न

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । १७औँ वाणिज्य बैंकको रूपमा २०५९ साल स्थापित सिद्धार्थ बैंकले आइतवार आफ्नो स्थापनाको २०औं वर्ष पूरा गरेको छ ।

बैंक सञ्चालनको २० वर्ष पूरा भएको अवसरमा बैंकले काठमाडौंस्थित होटल सोल्टीमा नेपाल राष्ट्र बंकका डेपुटि गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बंैकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको सबल पक्षहरूबारे उल्लेख गर्दै आगामी दिनहरूका लागि दिगो प्रगतिको शुभकामना व्यक्त गरे । कार्यक्रममा बैंक सञ्चालक समिति अध्यक्ष मनोजकुमार केडियाले बैंकको संक्षिप्त यात्राको वर्णन गर्र्दै धन्यवाद मन्तव्य दिएका थिए ।

उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डको अध्यक्ष रमेश कुमार हमाल, बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडिया, संस्थापक अध्यक्ष चिरन्जीलाल अग्रवाल, सञ्चालक समितिका सदस्यहरू, पूर्वसञ्चालकहरू, संस्थापक तथा शेयरधनीहरू, प्रमुख कार्यकारी अधिकृतलगायत व्यवस्थापन समूहमा कार्यरत कर्मचारी, बैंकको भगिनी संस्था सिद्धार्थ क्यापिटल, रिलायन्स लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स एवं अवसर इक्यूटीलगायत अन्य विभिन्न संघ संस्थाको उच्चपदस्थ पदाधिकारी, प्रतिष्ठित व्यक्तित्वहरू र ग्राहकवर्गहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

बैंकले आफ्नो सञ्चालनको २०औँ वर्ष पूरा गरेको अवसरमा डिजिटल बैंकिङ प्रणालीतर्फ प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न प्रकारका छुट योजनाहरू समेत सार्वजनिक गरेको छ । जस अन्तर्गत ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

साथै ग्राहक महानुभावहरूको बैंकिङ सेवा र सुविधाहरू अझ फराकिलो बनाउन, समग्र ग्राहक अनुभवलाई अभिवृद्धि गर्न र डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आगामी दिनहरूमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिँदै थप उत्कृष्ट सुविधाहरू प्रदान गर्दै जाने बैंकको योजना रहेको छ ।

Recent Comments

No comments to show.