नागरिकता र पासपोर्ट छानबिनमा कुनै हस्तक्षेप हुँदैन : गृहमन्त्री लामिछाने

नागरिकता र पासपोर्ट छानबिनमा कुनै हस्तक्षेप हुँदैन : गृहमन्त्री लामिछाने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट छानबिनका लागि कुनै हस्तक्षेप नगर्ने बताएका छन । 

सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहणका क्रममा लामिछानेले आफूविरुद्ध परेका उजुरीमा निष्पक्ष छानबिन हुने दाबी समेत गरे । 

अपराध अनुसन्धान महाशाखले उनको पासपोर्टबारे सुक्ष्म ढंगले छानबिन गरिरहेकै बेला लामिछाने गृहमन्त्रीको जिम्मेवारीमा आउनुभएको हो । 

म, ऊ, मेरो, आफ्नो भनेर पक्षपात हुँदैन। सबैलाई बराबर न्याय हुन्छ। निष्पक्ष छानबिन गर्न मेरो सहयोग रहन्छ। कुनै पनि किसिमको कम्परमाइज हुँदैन,’ पदभार ग्रहण गर्दै उनले बताए । 

सो अवसरमा उहाँले निर्मला पन्तको बलात्कारपछिको हत्याबारेको अनुसन्धानको प्रगति रिपोर्ट उपलब्ध गराउन गृहसचिव विनोद सिंहलाई निर्देशन दिएका थिए । 

Recent Comments

No comments to show.