देउवा र प्रचण्डबीच ‘वान टू वान’ वार्ता हुदै, अन्तिम प्रयासका लागि थपिए माधव नेपाल

देउवा र प्रचण्डबीच ‘वान टू वान’ वार्ता हुदै, अन्तिम प्रयासका लागि थपिए माधव नेपाल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच‘गोप्य’ वार्ता सुरू भएको छ।

उनीहरूको वार्तापछि सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठकअघि उनीहरूबीच ‘गोप्य’ वार्ता भइरहेको माओवादी केन्द्रका एक पदाधिकारी बताउँछन् । नयाँ सरकारको नेतृत्वका लागि यी दुवै नेताले पहल गरिरहेका छन्।

उनले आजको वार्ता वार कि पार हुने बताउँछन् । ‘आजको वार कि पार हुन्छ,’ उनले भने, ‘तर प्रयास मिलेरै जाने भन्नेछ।’

गठबन्धनका शीर्ष नेताको बैठकमा सरकार गठनसहित, राष्ट्रपति, सभामुखलगायत पदमा भागबन्डाका विषयमा समेत छलफल हुनेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई सरकार गठनका लागि दाबी पेस गर्न आज बेलुकासम्मको समय दिएकी छन्।

Recent Comments

No comments to show.