यी हुन् नेपालमा आयात हुने प्रमुख १० वस्तु

यी हुन् नेपालमा आयात हुने प्रमुख १० वस्तु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना(साउन–मंसिर)सम्म नेपालमा सबैभन्दा धेरै ५५ अर्ब ४८ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ ।

यसवापत सरकारले १८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । दोस्रोमा २८ अर्ब ५९ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ ।

पेट्रोल आयातबाट सरकारले १५ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । खाना पकाउने एलपीजी ग्याँस २३ अर्ब ७५ करोड रुपैयाँ बढीको आयात भएको छ ।

कच्चा सोयाविन तेल २० अर्ब ६८ करोड रुपैयाँ बराबरको आयात भएको छ । फलामजन्य कच्चापदार्थ, सुन चाँदी १५ अर्ब बढीको आयात भएको विभागले जनाएको छ ।

सम्बन्धित समाचार :

कृषिप्रधान देश, कृषि वस्तु आयात गर्न ५ महिनामै विदेशियो रु.१ खर्ब २३ अर्ब

Recent Comments

No comments to show.