कृषिप्रधान देश, कृषि वस्तु आयात गर्न ५ महिनामै विदेशियो रु.१ खर्ब २३ अर्ब

कृषिप्रधान देश, कृषि वस्तु आयात गर्न ५ महिनामै विदेशियो रु.१ खर्ब २३ अर्ब

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले कृषि उत्पादन बढाउने कार्यक्रम हरेक वर्ष घोषणा गर्छ, तर झन्–झन् कृषिजन्य वस्तुको आयात बढिरहेको छ  । देशमा उत्पादन नहुने कृषिजन्य वस्तु त परै छोडौं, देशैभित्र उत्पादन हुनसक्ने वस्तुको आयात पनि बढ्दो छ ।

चालु आर्थिक वर्षको पाँच महिना(साउन–मंसिर) मा नेपालले एक खर्ब २३ अर्ब ६८ करोड मूल्यको कृषिजन्य वस्तु आयात गरेको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा देशले उक्त मूल्य बराबरको कृषिवस्तु आयात गरेको हो ।

गत वर्षको यही अवधिमा एक खर्ब ८६ अर्ब ४७ करोडको आयात भएको थियो। गत वर्षको तुलनामा यो वर्ष कृषिजन्य वस्तुको आयात करिब एक तिहाइले घटेको छ। मंसिरसम्म २० अर्ब ३१ करोडको खाद्यान्न र १४ अर्ब ३१ करोडको तरकारी आयात भएको छ।

सम्बन्धित समाचार :

यी हुन् नेपालमा आयात हुने प्रमुख १० वस्तु

Recent Comments

No comments to show.